लिपुलेक विवादको असरः रोकियो भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण, प्रम शाहको भारत भ्रमण अनिश्चित

काठमाडौँ, २६ बैशाख । वैशाख २८ गतेका लागि तय भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका सचिव मिस्रले अन्तिम समयमा आफ्नो भ्रमण स्थगित गरेका हुन् । तर सचिव मिस्रीको भ्रमणबारे नेपाल र भारत दुवैले अधिकारिक घोषणा भने गरेका थिएनन्, दुवै पक्षले अनौपचारिक तयारी बताइरहेको थियो । भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले मे ११ मा मिस्री नेपाल भ्रमणमा जाने उल्लेख गरेका थिए ।

यता, परराष्ट्र मन्त्रालयले भने भ्रमणको जानकारी नगराए पनि नियमित पत्रकार सम्मेलनमा चाँडै उनको भ्रमण हुने बताएको थियो । भ्रमण स्थगित हुनुको एउटै कारण नेपाल–भारतको सीमा विवादलाई मानिएको छ । स्रोतहरूका अनुसार ‘लिपुलेकलाई लिएर नेपाल–भारतले आफ्नो अडान जारी राखेका बेला सचिवस्तरीय भ्रमण उचित नहुने ठानिएको हो । 

हाल नेपालमा लिपुलेकको विषयलाई लिएर छिटफुट रूपमा विरोधका स्वरहरू देखिन थालेका छन् । यस्तो अवस्थामा उनको नेपाल भ्रमणले नराम्रो सन्देश जाने भन्दै भ्रमण स्थगित गरिएको स्रोत दाबी गर्छ । र यस्तो अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्नु/नभेट्नु कुनै महत्त्व नहुने जानकारहरू परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् । यही बिचमा लिपुलेक विवाद सुरु भएपछि उनको भ्रमण स्थगित भएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।