मध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौँ, २६ बैशाख । मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहु आयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । 

‘मध्यपूर्वको सङ्कट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर–मन्त्रालय उच्चस्तरीय कार्यदल’ ले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पछिल्लो द्वन्द्वबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन तथा ऊर्जा, इन्धन, खाद्यान्न, औषधि आपूर्तिलगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्थासमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून