माइखोलामा डुबेर एक जनाको मृत्यु

काठमाडौँ, २३ मंसिर । झापाको शिवसताक्षी नगरपालिका-१० माइधारस्थित माइखोला र सरदारे खोलाको दोभानमा एक महिलाको पानीमा डुबेर मृत्यु भएको छ ।

आज बिहान ९:२० बजे माइखोलामा ६२ वर्षीया बिमला माझी घोप्टो अवस्थामा मृत फेला परेकी थिइन् ।

घटना जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको झापा प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९