नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौँ, १७ मंसिर । रौतहट स्थित सशस्त्र प्रहरीले एकहजार दरको ११७ थान नेपाली नक्कली नोटसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।

ईशनाथ नगरपालिका–४ लतमरी स्थित सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन जना युवकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी रौतहटका अनुसार सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट खटिएको टोलीले मंगलवार अपराह्न ४ बजे भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३  रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक हजार दरका ११७ थान नक्कली  नेपाली नोट बरामद गरेको हो ।

नक्कली नोटसहित पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल, र भारत, बिहार जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत–२ का  २३ वर्षीय जय प्रकाश कुमार रहेका छन् ।

बरामद नक्कली नोटसँगै मोटरसाइकल चालक र साथमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको