काँक्रो र हरियो धनियाँमा अत्याधिक विषादी

काठमाडौँ, ४ मंसिर । फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।

आज भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत  ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले आज कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो धनियाँ र काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ र काँक्रो उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट गरेको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको