हुम्लाबाट ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा नियन्त्रणमा लिएको हो ।

यही महिनाको १९ गते प्रहरीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका-३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको चिनियाँ मदिराको बजार मूल्य ३७ लाख ६ हजार ५००  रहेको छ । ७५३ कार्टुनभित्र ९ हजार ३६ बोतल रहेको छ । विशेष सूचनाका आधारमा प्रहरीले जनप्रतिनिधि सुरक्षा, पत्रकारहरूको रोहबरमा छापा हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,