जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ, २२ कार्तिक । लमजुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गएराति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का रहेअ छन । जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।

घाइतेहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको हो । सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का  २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,