हेलिकोप्टरद्वारा गर्भवती महिलाको उद्धार

काठमाडौँ, १८ कार्तिक । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

आज र बिहान पौने १० बजे मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि आज बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो ।

स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए ।

 बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले बताए । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा