मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, १८ कार्तिक । दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलका चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय सागर विकको मृत्यु भएको हो ।

घाइते भएका २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा हिजो बेलुका तीन जना चढेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा