पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ, २६ असोज । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए ।

सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप)मा भन्सार छलेर सुन ल्याइएको सुनबाट आपराधिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि झन्डै आठ करोड ५५ लाख  रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप लागेको छ ।

भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार, ०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैधरूपमा ल्याएको भेपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत गरिएको थियो । उनले दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए । यसमा महराको संलग्नता रहेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २२ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।