जेनजीकाे सदस्य भन्दै चालक कुट्ने युवक पक्राउ

काठमाडौँ, २३ असोज । जेनजीको सदस्य बताउँदै सवारी चालकलाई कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिकामा आफूलाई ‘जेनजी’ आन्दोलनको सदस्य बताउँदै सवारी साधन रोकेर चालकमाथि कुटपिटमा संलग्न सोही गाउँपालिका–१ का २२ वर्षीय अमिर रुम्बालाई पक्राउ गरेको हो । असोज २२ गते राति १० बजेको समयमा रुम्बाले केही व्यक्तिहरूसँग मिलेर भीमफेदी–१ स्थित सानुटार याङराङपुलमा सडक अवरुद्ध गरेर जेनजीको सदस्य हुँ भन्दै चालकमाथि कुटपिट गरेका थिए । 

सो समूहले विशेष गरी तरकारी तथा कृषिजन्य उत्पादन बोकेका ढुवानीका साधनहरूलाई गैरकानुनी रूपमा रोकेर चालकहरूसँग सोधपुछ र जाँच गर्ने, कुटपिट गर्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको बताइएको छ ।

पीडित चालकहरूको उजुरीको आधारमा प्रहरीले रुम्बालाई बुधबार राति नै नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर