ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

काठमाडौँ, २१ असोज । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो ।

ठक्करबाट ईभीमा सवार १३ जना र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा