अब ‘एन्टीबायोटिकरहित’ अण्डा उत्पादन हुने

काठमाडौँ, १६ भदौ । पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग गरेका छैन्  ।

उनले नवलपरासीस्थित दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरूपमा निषेध गरिएको उदाहरण प्रस्तुत गर्दै हाल खोप र जडिबुटीजन्य खुराकमार्फत रोग नियन्त्रण गर्ने गरिएको जानकारी दिए ।

पहिले दाना र पानीमा प्रयोग हुने एन्टीबायोटिक (एजीपी) रोकिएपछि अब कुखुरालाई भ्याक्सिन दिइने र खोरमा हर्बल सामग्री खुवाइने गरिएको छ । यसले अण्डामा कुनै अवशेष नपुग्ने गरी रोग नियन्त्रणमा मद्दत गर्ने दाहालको भनाइ छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि सङ्घभित्रका फार्महरूले एन्टीबायोटिक प्रयोग नगरेको पुष्टि गर्दै गुणस्तरीय अण्डा उत्पादनमा जोड दिइएको बताए । उनका अनुसार, जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै भ्याक्सिन र हर्बल प्रयोगमार्फत सुरक्षित अण्डा उत्पादनलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर