नेप्से परिसूचक ३४.४६ अङ्कले घट्यो

काठमाडौँ, ३१ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ को विन्दुमा पुगेको छ ।

आज बजारमा ९ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन् । आज कारोबारमा आएकामध्ये २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घटेको छ ।

आज सबै समूहगत परिसूचकमा वृद्धि हुँदा सात वटा समूहका एक प्रतिशतभन्दा धेरै र बाँकीमा सोभन्दा कमको वृद्धि रहेको थियो । बजारमा बढे पनि आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेन । सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढ्यो । 

कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा