स्रोत नखुलेको २० लाखबढी रकमसहित एकजना पक्राउ

काठमाडौँ, ४ जेठ । स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् ।

प्रहरी वृत्त जनसेवाको टोलीले विशेष सूचनाका आधारमा न्युरोडको जुद्ध सालिकबाट सिन्धुपाल्चोक बाह्रबीसेका २४ वर्षीय सञ्जय बस्नेतलाई पक्राउ गरेको हो । 

उनको साथबाट उक्त परिमाणको रकमसहित मोबाइल, विभिन्न बैंकका हस्ताक्षर गरिएका र नगरिएका ३०/३० थान चेकसमेत बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भोजपुर, ५ असार । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट

काठमाडौँ, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ ।  पश्चिमी सीमानाका

काठमाडौँ, ५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ असार । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।  यौन हिंसा पीडितका