काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार अन्दाजी ३० वर्षका पुरुष आज आइतबार मृत फेला परेका हुन् ।
मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।