काठमाडौँ, ४ जेठ । अछाममा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शनिबार बेलुकी चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबलबहादुर थापालाई पक्राउ गरेको हो ।
थापाले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।