काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार छबिसपाथिभेरा गाउँपालिका–४, झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ पक्राउ गरेको हो ।
केशरले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।