फाइल फोटो
काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।
लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकोले बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए ।
रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुने उनले जानकारी दिए ।