काठमाडौँ, १ जेठ । झापामा हुरीले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए राति हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।
हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो ।