रौतहट, ३१ वैशाख । रौतहटका पत्रकार फणि महतको निधन भएको छ ।
करिब दुईवर्षदेखि ब्रेन ट्युमरबाट पीडित महतको उपचारको क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय महत दुई दशकदेखि पक्रकारितामा सत्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ ।