सुर्खेत, २६ बैशाख । कर्णाली नदीमा डुबेर शुक्रबार दुई जना किशोर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका-१, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका हुन् ।
शुक्रबार बिहान १०ः३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७, अन्तर्गत पर्ने लामादुवाला स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
प्रहरी टोली र स्थानीय मिलेर अहिले खोजी कार्य भइरहेको छ ।