वीरगञ्ज, १५ बैशाख । पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
पर्सा प्रहरीका अनुसार पर्सागढी नगरपालिका –५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाडलमा जमेको पानीमा बालिकाहरू डुबेका हुन ।
मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातनु रहेका छन ।
दुवै बालिका बिहान बाख्रा चराउन गएका थिए । डुबेर घाइते भएका उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।