वर्ल्डलिंकले १० लाख घरधुरी जडानको अवसरमा १० ग्राहकलाई आइफोन १६ उपहार प्रदान

काठमाडौँ, १५ बैशाख । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नेपालभर १० लाख घरधुरीमा इन्टरनेट जडानको ऐतिहासिक उपलब्धिको अवसरमा १० जना भाग्यशाली ग्राहकलाई आइफोन १६ उपहार प्रदान गरेको छ ।

कम्पनीको “ग्राहकहरूको जीवनलाई विश्वस्तरीय कनेक्टिभिटीमार्फत समृद्ध बनाउने” मिशन अनुरूप र “ग्राहकमुखी सेवा प्रदान गर्दै सधैं अतिरिक्त मिहिनेत गर्ने” मुख्य मूल्यलाई आत्मसात गर्दै यो कार्यक्रम आयोजना गरिएको हो ।

उपहार प्राप्त गर्ने भाग्यशाली ग्राहकहरूमध्ये Kirtipur शाखाका प्रयोगकर्ता Shyamdevimaharjan रहेका छन्, जसलाई कम्पनीले विशेष सम्मानसहित आइफोन १६ प्रदान गरेको छ। यो अवसरमा वर्ल्डलिंकका प्रतिनिधिहरूले भने, “१० लाख घरधुरीको यात्रामा हाम्रा ग्राहकहरूको साथ र विश्वास अमूल्य छ । हामी भविष्यमा अझ नविन सेवा र कार्यक्रमहरू ल्याउनेछौं ।” वर्ल्डलिंकले सम्पूर्ण ग्राहकवर्गलाई धन्यवाद ज्ञापन गर्दै, अझ प्रभावकारी र विश्वस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :