रिह्‌याब सेन्टरमा एक पुरुषको मृत्यु

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङ छन् । विश्वास नेपाल रिह्‌याब सेन्टरमा राखिएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लगिएको थियो ।

अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको दावी गरिएको छ । चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भएका घिसिङका आफन्तले बाँडेगाउँ स्थित नमस्ते मेट्रो अस्पताल अगाडि प्रदर्शन गरेका छन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्