काठमाडौँ, १४ बैशाख । काठमाडौँमा टिपरको ठक्कर स्कुटर चालकको मृत्यु मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको टिपर र प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका–४ तालिञ्चोक बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–७ घर भएका २३ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।