टिपरको ठक्करबाट बालिकाको मृत्यु

काभ्रे, २ वैशाख । टिपरको ठक्करबाट गम्भीर घाइते एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाँचखाल नगरपालिका–३ चाँपेपिपलबोटस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो करिब ३:१५ बजे रविओपीबाट पाँचखालतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरले शक्ति परियारकी ४ वर्षीया छोरी आरिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालिकालाई तत्कालै पाँचखाल पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा अपराह्न करिब ४:४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । दुर्घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’