काठमाडौँ, २ वैशाख । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-६ जगरेटार बस्ने ४६ वर्षीया तारा कुमारी कार्की पनि सोही ठाउँस्थित कालिका सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी नुवाकोटको बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ७० वर्षीया चिनिमाया तामाङ सोही नगरपालिका-४ स्थित चिहानडाँडा सामुदायिक वनको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।