विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला

काठमाडौँ, २ वैशाख । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

उदयपुरको उदयपुरगढी गाउँपालिका-६ जगरेटार बस्ने ४६ वर्षीया तारा कुमारी कार्की  पनि सोही ठाउँस्थित कालिका सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

यसैगरी  नुवाकोटको बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ७० वर्षीया चिनिमाया तामाङ सोही नगरपालिका-४ स्थित चिहानडाँडा सामुदायिक वनको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०