भक्तपुर ज्ञान प्राप्त गर्न र ध्यानका लागि उचित थलो हो : मन्त्री सिंह

भक्तपुर, २ वैशाख । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले भक्तपुर ज्ञान प्राप्त गर्न र ध्यानका लागि उचित थलो हो भएको बताएका छन् । 

मंगलबार चाँगुनारायण नगरपालिकाको कलममसीमा शुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा बोल्दै उनले कलममसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन् । उहाँले काठमाडौं आउने पर्यटकका लागि ध्यान गर्नका लागि कलममसीमा बन्दै गरेको मन्दिर र पार्क राम्रो गन्तव्य बन्नसक्ने बताए । अहिले नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको भन्दै महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास पनि सिंहले व्यक्त गरे । 

उनले भने, ‘यो ठाउँ पनि ऐतिहासिक छ । अत्यन्त राम्रो स्थान पनि भएकाले ज्ञान प्राप्त गर्न र ध्यानका लागि उचित थलो हो । १०८ फिटको शिवजीको प्रतिमा त बन्छ नै । काठमाडौंमा आउने पर्यटकलाई मन भुलाउन सक्ने, ध्यान गर्न सक्ने थलोका रूपमा यसलाई विकसित गर्नुपर्छ । तीनै तहको सरकार र भक्तजन मिलेर यो कार्यलाई फत्ते गर्न लाग्नुपर्छ ।’

१ सय ८ फिटको शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ कलममसीमा आजबाट शिवपुराण महायज्ञ शुरु भएको छ । करिब ७ वर्षअगाडी आफैले शिलान्यास गरेको सो स्थानमा भइरहेको महायज्ञमा सहभागि हुन पाउँदा  खुशी व्यक्त गर्दै सिंहले लक्ष्यअनसार काम सम्पन्न गर्न आफूले सकेको सहयोग गर्ने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ