अध्यक्ष प्रचण्डद्वारा गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल

काठमाडौँ, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका छन् ।

आज सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्र पक्षधरले गम्भीर समीक्षा गरी एक ठाउँमा आउन अपिल गरेका हुन् । 

उनले भने, ‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो’, । 

कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको दाबी गरे । तर त्योभन्दा पनि ठुलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको उनले बताए ।

आज यो व्यवस्थामाथि केही मानिसले प्रश्न उठाउने दुष्साहस गरेको भन्दै उनले राजामहाराजाहरूले अर्को दुष्साहस गरिए ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :