काठमाडौँ, १ फागुन । रुपन्देहीमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको छोरा २० वर्षीय सरोज परियारले हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
बुधबार राति करिब १ बजेको समयमा सरोजले आमा पार्वतीको हात र अनुहारमा हँसिया प्रहार गरेका थिए । सरोज पहिल्यैदेखि मानसिक रोगी रहेका र मदिरा सेवन गरेर आमामाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै छोरा सरोजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।