कौडा खेल्ने/खेलाउने ११ जना पक्राउ

काठमाडौँ, १ फागुन । काठमाडौँबाट कौडा खेल्ने/खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हिजो बुधबार साँझ ५ः३० बजेको समयमा जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. १० बोसिगाउँस्थित वीरेन्द्र महर्जनको घरबाट उनीहरू पक्राउ परेका हुन् । 

पैसाको हारजित हुनेगरी कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले कानुनबमोजिम निज महर्जनको घर खानतलासी गर्दा उक्त घरको कोठाभित्र ११ जना मानिसलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरेको हो ।  

प्रहरीले उनीहरूको साथबाट आठ लाख पचास हजार एक सय एक रुपैँया नगद, कौडा १८ थान, सिमीको दाना १२५ दाना, तास ३ बुक, हिसाब राख्ने रजिस्टर १ थान र तन्ना २ थान बरामद गरेको छ ।

उनीहरूपविरुद्ध २९ गतेबाटै लागु हुने गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट