कौडा खेल्ने/खेलाउने ११ जना पक्राउ

काठमाडौँ, १ फागुन । काठमाडौँबाट कौडा खेल्ने/खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हिजो बुधबार साँझ ५ः३० बजेको समयमा जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. १० बोसिगाउँस्थित वीरेन्द्र महर्जनको घरबाट उनीहरू पक्राउ परेका हुन् । 

पैसाको हारजित हुनेगरी कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले कानुनबमोजिम निज महर्जनको घर खानतलासी गर्दा उक्त घरको कोठाभित्र ११ जना मानिसलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरेको हो ।  

प्रहरीले उनीहरूको साथबाट आठ लाख पचास हजार एक सय एक रुपैँया नगद, कौडा १८ थान, सिमीको दाना १२५ दाना, तास ३ बुक, हिसाब राख्ने रजिस्टर १ थान र तन्ना २ थान बरामद गरेको छ ।

उनीहरूपविरुद्ध २९ गतेबाटै लागु हुने गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ