काठमाडौँ बन्यो विश्वको दोस्रो प्रदूषित सहर

काठमाडौँ, १ फागुन । काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहर बनेको छ ।

वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौँको वायु प्रदूषण १९६ एक्यूआई छ ।

पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ । त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौँको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने

काठमाडौँ, १ फागुन । मोरङमा एक जना पुरुष मृत फेला परेका हुन् । प्रहरीक अनुसार उर्लाबारी नगरपालिका–७ स्थित मावाखोलामा सोही

काठमाडौँ, १ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

काठमाडौँ, १ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय