भैँसीले हान्दा एक वृद्धको मृत्यु

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो ।

बुधबार बिहान करिब ७ बजे उनलाई भैँसीले हानेको थियो । माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो ।

अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यहीँ उनको मृत्यु भएको थियो । मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार