प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ

काठमाडौँ, ३० माघ । कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१४ फुलबारी घर भएका टेक टामाटालाई पक्राउ गरेको हो । 

३६ वर्षीय टमाटाले बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सड्कमा हल्ला गर्दै ड्युटीको प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गरेका हुन् । आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । प्रहरीले उनको साथबाट चक्कु बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा