काठमाडौँ, ३० माघ । गुल्मीमा आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको घरमै आगो ताप्दै गर्दा अचानक जलेर मृत्यु भएको हो ।
अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आएका थिए । घटनाको बारेमा गिरीका भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
उक्त घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।