सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : गगन थापा

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन् ।

आज चितवनमा उनले उक्त विधेयकका प्रावधानहरूमा समस्या रहेकाले हुबहु पारित हुन नसक्ने बताए ।

उनले भने,  ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्’ ‘विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’

सरकारको साझेदार दल नेकपा एमालेसँग बसेर छलफल गरेपछि मात्रै विधेयक पारित गर्न सकिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९