सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : गगन थापा

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन् ।

आज चितवनमा उनले उक्त विधेयकका प्रावधानहरूमा समस्या रहेकाले हुबहु पारित हुन नसक्ने बताए ।

उनले भने,  ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्’ ‘विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’

सरकारको साझेदार दल नेकपा एमालेसँग बसेर छलफल गरेपछि मात्रै विधेयक पारित गर्न सकिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा