काठमाडौँ, २८ माघ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।