पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता हो:  मन्त्री दाहाल

नेपालगन्ज, ६ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरू थप्नु भन्दा सुरु भएका योजनाहरू पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । 

नेपालगन्जमा आयोजित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरू सहभागी कार्यशालाको आइतबार उद्घाटनका क्रममा  उनले श्रोत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजनाहरू अलपत्र पारिने क्रम अव अन्त्य हुनु पर्ने उनको भनाइ छ । 

मन्त्री दाहालले भने, ‘सरकारले आफूसँग भएको श्रोत साधन तथा आवश्यकता अनुसार नयाँ योजना तथा आयोजनाहरू नियमित रूपमा थप्ने र ल्याउने नियमित प्रक्रिया हो । तर अब नयाँ योजना र आयोजनाहरू थप्न तर्फ भन्दा थालिएका कामहरू पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

काठमाडौँ, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आज गण्डकी