भारतीय मोटरसाइकलको ठक्करबाट एक जना मृत्यु

काठमाडौँ, ६ माघ । धनुषाको जनकपुर उपमहानगरपालिका-२३ मा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

जनकपुर-जलेश्वर सडकखण्डमा शनिबार साँझ ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटरमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्करबाट गम्भीर घाइते उनको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चारकसहित त्यसमा सवार तीनजना भने सामान्य घाइते भएका छन् । भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीया रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ बस्ने कृपाल साहका छोरा १६ वर्षीय सुशान्त साह सामान्य घाइते भएका हुन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते