काठमाडौँ, ५ माघ । धादिङको थाक्रे गाउँपालिका–८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।