अराजक काम गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक

काठमाडौँ,४ माघ । गृहमन्त्री रमेश लेखकले अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अराजक काम गर्ने जो सुकै भएपनि अनुसन्धानको दायरामा ल्याएर कानुन बमोजिम कारबाही गरिने बताएका हुन् । गृहमन्त्री लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणका विषयमा धारणा राख्दै आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी भएको जानकारी दिए ।  

उनले भने, ‘दिनेश त्रिपाठीमाथि आक्रमण भएको विषयमा ध्यानाकर्षण भएको छ । हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । पेसागत अधिकार हकलाई सुनिश्चित गरिएको छ । उपचार गरे बापत चिकित्सक, बहस गरेबापत अधिवक्ता कुटिने भए समाज कहाँ पुग्छ ? दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा निन्दनीय छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका