आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

काठमाडौँ, ४ माघ । धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ ।  

नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( आवास तथा भवन ) द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ ।

परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका