काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिका–४ घर भएका सुर्जेन्द्रकुमार राईलाई पक्राउ गरेको हो ।
५२ वर्षीय राईलाई अदालतमा पेश गरिएको छ । २०७२ असोजमा अदालतले उनी विरुद्ध ५ महिना ४ दिन कैद हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।