मनाङमा हिमपात

काठमाडौँ, २९ पौष । हिमाली जिल्ला मनाङमा हिमपात भएको छ ।

हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने गरेको थियो । यो वर्ष पुसको अन्तिम साता मात्र हिउँ परेको हो ।

कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडा अहिले हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१, पिसाङका किसान मुखिया गुरुङले सुनाए । ढिला गरी हिउँ पर्दा खुसी लागेको उनले बताए । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ ।

किसानका अनुसार, हिउँ परेपछि यार्सागुम्बा, नीरमसी, पाँचऔँले, चिराइतोलगायत बहुमूल्य जडीबुटीको उत्पादन बढ्छ । तल्लो भागमा परेको हिउँले खेतीपातीका निम्ति मलका रूपमा काम गर्छ । दुई हप्ताअघि मात्र सिँचाइ गरेका चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताए ।

नासो गाउँपालिका–८,  ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए । उनले भने, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्न आउने ? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो ।” उनका अनुसार, हिउँ पर्दा पर्यटक बढ्छन् । हिमाली सौन्दर्य रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका