स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु : प्रधानमन्त्री

काठमाडौँ, २९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन् ।

आज नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै उनले भने, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेको हौँ ।’

उनले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए । आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए । 

उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको छ । स्विस बैंकमा मेरो पैसा छ भन्ने गलत हल्ला चलाइयो । त्यो छानबिन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानबिन गर्न तयार छु । त्यसका लागि समिति नै बनाउन तयार छु । त्यसरी हल्ला फैलाउने काम गर्नु गलत हो । यस्ता विषयमा पत्रकारहरू पनि सचेत हुनुपर्छ ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ