काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ ।
आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज बिहान काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियस थियो ।
बुधबार बिहान पौने ९ बजे भने तापक्रम घटेर ३.९ डिग्री सेल्सियस पुगेको थियो । मौसम सफा हुँदै जाँदा तापक्रम पनि घटिरहेको छ । बादल नलागेर आकास खुला हुँदा तापक्रम घट्ने गरेको छ ।
काठमाडौँमा आज दिउँसो तापक्रम १७ देखि १९ डिग्री सेल्सियस हुनेछ । गण्डकी र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहनेछ । बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।