जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु 

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । बुधबार राति कालिमाटी बजारबाट कैना हुँदै कटके गाउँ जाने क्रममा गाडी बाँस्कुटीको उकालो घुम्ती नजिकबाट बिराखोलामा झरेको थियो । 

दुर्घटनामा चालक इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुनको घटनास्थलमै मृत्यु भएको छ । लक्ष्मी पुनको एक महिनाको छोरा बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको घटनास्थलमा रहेका प्रहरीले बताएका छन् ।

अन्य २ जना घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको दल्लीस्थित इलाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने