आजको राशिफल

काठमाडौँ, २५ मंसिर । आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल । 

मेष : दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ। खानपानमा ख्याल नगर्नाले शरीरमा रोग बढ्नेछ। साथीको सहयोग मिल्नेछ। सोचेका काम सहजै बन्नेछन्। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृष : दिन राम्रो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पढाइमा जोस र जाँगर बढ्नेछ। परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। धन खर्च भए पनि नाम र मान बढ्नेछ। आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ। रोगबाट मुक्त हुने योग छ। आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ।

कर्कट : साना कुराले झन्झट बढ्नेछ। ठुलो तर्क नगर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

सिंह : आज उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठुलासँग तर्क नगर्नु राम्रो हुनेछ। अप्रिय खबरले खानपानमा समस्या हुनसक्छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल रहनेछ। काम गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।

तुला : परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिक : अढैया शनिका कारण पेटसम्बन्धी समस्या बढ्नसक्छ। खानपानमा ख्याल गर्नुपर्नेछ। व्यापारमा भने दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ।

धनु : दिन सामान्य छ। आफन्तबाट अपमानित हुनुपर्नेछ। दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ।

मकर : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ। अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ। एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीको संगतका कारण धन खर्च हुनेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बन्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ।

मीन : दिन सामान्य राम्रो छ। सुरुवाती साढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने