काठमाडौँ विश्वकै प्रदूषित सहरको १० औँ स्थानमा

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ ।

आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।

१० औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ । यहाँ पीएम२.५ को अवस्था ९४.५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मानेको छ । सबैभन्दा धेरै प्रदूषण भएका क्षेत्रहरूमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत रहेका छन् ।

भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा छ । त्यसपछि क्रमशः पाकिस्तानको कराँची, इरानको तेहरान, भियतनामको हानोई र पाकिस्तानको लाहोर सहर छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने